माघमा व्याजदर बढ्ने देखियोः अध्यक्ष गोल्छा

  २०७८ मंसिर २९ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले माघमा व्याजदरमा थप चाप पर्ने देखिएको बताएका छन् ।

महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले हाल तरलतामा ठूलो समस्या कायमै रहेकोले बैंकहरुले कर्जामा लिने व्याजदरमा थप चाप पर्ने बताएका हुन् ।

उनले तरलताको समस्याको समाधान गर्न आयात प्रतिस्थापन आवश्यक रहेको भन्दै लामो समयसम्म अर्थतन्त्रमा यस्तो असर पर्छ भन्ने कहिल्यै नसोचिएको बताए ।

‘चालु आर्थिक वर्षमा सहज छैन् । लगानी बढ्न सकेको छैन । तरलताको समस्याको कारण व्याजदर बढ्ने देखियो । अहिले १४ खर्बको हाराहारीमा व्यापार घाटा रहेकोले अझै बढ्ने संकेत देखिन्छ’, उनले भने ।

महामारीले अझै अति प्रभावित क्षेत्रमा नगद प्रवाह नभएको, हाल बनेका उद्योग क्षेत्रमा उद्योगीको आकर्षण नहुनुको मुख्य कारण बिजुलीको महसुल उच्च रहेको जनाईएको छ ।

यस्तै, महासंघले एमसीसी जसरी पनि पास गर्नुपर्ने र महासंघ सम्पत्ति अभिलेखिकरणको माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.