मेगा बैंकको बाउन्स चेक काट्ने ललितपुरका महर्जनलाई साढे ४५ लाख जरिवाना, ४ दिन कैद

  २०७८ मंसिर २८ गते १६:५८     विकासन्युज

काठमाडौं । मेगा बैंकको बाउन्स चेक काट्ने ललितपुरका अमर महर्जन पक्राउ परेका छन् । ललितपुर महानगर पालिका वडा नं. २१ बस्ने ४२ वर्षका महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी मेगा बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै महर्जनलाई उच्च अदालत पाटनले गत असोज ८ गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।

उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी फरार थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको हो ।

यससँगै उनलाई अब ४५ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन जेलमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.