जावा मोटरसाइकलको डिलर दाङ्ग र धनगढीमा विस्तार

  २०७८ मंसिर २४ गते २१:२०     विकासन्युज

काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ ।

कम्पनीले आफ्नो दुई नयाँ डिलरहरू तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जे. बि. एस. अटोमोबाईल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्सलाई सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ्ग र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको कम्पनीले जनाएकाे छ । 

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन् । डिलरहरुबाट सम्पूर्ण सेवा पाईने कम्पनीले जनाएकाे छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.