एमजी माेटर्सकाे हेक्टर नेपाली बजारमा, मूल्य ६० लाख पर्ने

  २०७८ मंसिर २३ गते १५:१७     विकासन्युज

काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टर सार्वजनिक गरेको छ । कम्पनीले बिहिबार आफ्नाे नक्साल शाेरुममा साे कार सार्वजनिक गरेकाे हाे ।

१.५ लिटरको टर्बोचार्ज इन्टरकूल इन्जिनयुक्त हेक्टर एमटी र सिभिटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटिको मूल्य ६९ लाख ९९ हजार रहेको छ ।

सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट चर्चित छ । एसयुभि क्याटेगरिमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस आर १७ सिल्भर एलोइज इलेक्ट्रिक, सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ, ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरु छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरिएकाे कम्पनीले जनाएकाे छ ।  

एसयुभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीले जनाएकाे छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पुर्ण डिलरशिप उपलब्ध रहेको छ ।

कम्पनीको अनुसार एमजी हेक्टर नेपालमा अत्याधिक माग भएको बहु प्रतिक्षित एसयुभी हो । एमजी हेक्टरको डिजाइन र स्मार्ट सुविधाहरुले ग्राहकको अपेक्षा पुरा गर्ने कम्पनीले दावी गरेको छ ।

उक्त कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र प्यारामाउन्ट मोटर्सबीच सहकार्यको लागि सम्झौता पनि भएको थियो । प्यारामाउनेटले सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्ट क्लबलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

जोन्ट क्लब अफ काठमाडौंले उक्त रकम घरेलु हिंसा कार्यस्थलमा हुने हिंसा सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाहविरुद्ध आवाज उठाउनुपर्ने कुरामा अभियान संचाल गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.