राष्ट्र बैंकलाई नाडा अध्यक्षको प्रश्नः सवारी साधनको खरिदमा लगाएको क्याप खोल्ने बेला भएन ?

  २०७८ मंसिर २२ गते १७:५०     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

देश विकासिल राष्ट्रको सूचीमा गइसकेपछि पनि सवारी साधनको खरिदमा ५० प्रतिशतको सीमा तोक्नु देशका लागि नै दुर्भाग्य भएको उनको भनाई छ । उनले यो व्यवस्थाको पुनरावलोकनमा राष्ट्र बैंकले ध्यान दिनु पर्ने बताएका हुन् ।

‘नेपाल राष्ट्र बैंकले सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको छ, यस्तो बन्दीको अवस्थामा यो व्यवस्था कति न्यायोचित छ ? यसबारे पुनरावलोकन गर्ने समय आइसकेको छ, यस बारे राष्ट्र बैंकले सोच्नु पर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले ४ वर्ष पहिले सवारीसाधनको आयात बढेकाे कारण नेपालको वित्तीय क्षेत्रमा तरलताको स्थिति आएकाे भन्दै सवारी साधनको खरिदमा ५० प्रतिशतको क्याप लगाएको थियो । अटो लोन एउटा बैंकले दिने र अर्को बैंकमा जम्मा हुने प्रकृतिको लोन भएको र एउटा ग्राहकको लागि सानो सानो रकम प्रवाह हुने भएकोले नै यसबाट तरलतामा नकारात्मक प्रभाव नपर्ने उनको भाई छ ।

यस्तै, उनले उपत्यकाको सडक जाम हुनुमा सडक विस्तार हुन नसक्नु, विस्तार भएको सडकले पूर्णता नपाउनु, ट्राफिक लाइटको उपयुक्त व्यवस्था नहुनु, ट्राफिकको संख्या कम हुनु, फ्लाइ ओभरको कमि हुनु, जनचेतनाको कमी हुनु र करीडोरको सडकले पूर्णता नपाउनु आदि मुख्य कारक तत्वहरु रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.