एनसेलको अन्य डाटा प्याक किन्दा भाइबर चलाउन डाटा निःशुल्क पाइने

  २०७८ मंसिर २१ गते ११:५९     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ ।

यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछन् ।

यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रीपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी ९एआर० लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ ।

त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरु निःशुल्क पाउनेछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि विषेश गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको छ ।

‘डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले हाम्रा ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजीङ् एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं । हामी यस साझेदारीबाट साँच्चिकै उत्साहित छौं र नेपाली उपभोक्ताहरूलाई सेवाबाट फाइदा दिन थप अवसरहरू सिर्जना गर्ने योजनामा छौं,’ एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी ९एआर० मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.