ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन स्थगित

  २०७८ मंसिर २० गते १२:००     विकासन्युज

काठमाडौं । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित भएकाे छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजनामा आगामी पुस २, ३ र ४ गते सम्म प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम थियो ।

सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका सहोदर दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष सुवर्ण कुमार श्रेष्ठको असामयिक निधन भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रदर्शनी तथा सम्मेलन हाललाई स्थगित गरिएको महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

महासंघकाे अनुसार प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.