रिलायन्स लाइफको लाभांश स्वीकृत, बोलायो साधारणसभा

  २०७८ मंसिर १९ गते ११:४७     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको ५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट सेयरधनीहरुलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समितिको स्वीकृतिसँगै कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभा पुस ११ गते बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल बैंङक्वेटमा हुँदै छ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले मंसिर २६ गते एक दिन बुक क्लोज गर्दै छ ।

त्यस्तै, सभाले सञ्चालक समितिमा साधारण सेयरधनी समूहबाट प्रतिनिधत्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका विभिन्न प्रस्तावलाई पारित गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.