२०७८ मंसिर १६ गते १०:४६ विकासन्युज
काठमाडौं । कोभिड महामारीपछि पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको मासिक पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको आगमन बढ्दै गएको देखिएको छ।
बोर्डले सार्वजनिक गरेको नोभेम्बर महिनाको तथ्यांक अनुसार एक महिनामा २६ हजार १३५ विदेशी नेपाल भित्रिएका हुन । बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा नोभेम्बर महिनामा धेरै विदेशी नेपाल भित्रिएका हुन् ।
बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा ८ हजार ८७४ विदेशी पर्यटक नेपाल आएउका थिए । जनवरीको तुलनामा नोभेम्बर महिनामा झन्डै १८ हजार बढी पर्यटन नेपाल आएका हुन ।
यस्तै, गत फेब्रुअरीमा ९ हजार १४६, मार्चमा १४ हजार, अप्रिलमा २२ हजार, मे मा एक हजार ४ सय, जुनमा १ हजार ११३ विदेशी नेपाल आएका थिए । यस्तैगरी, जुलाईमा २ हजार ९ सय, अग्रष्टमा ५ हजार ९ सय, सेप्टेम्बरमा ९ हजार ८ सय र अक्टोबरमा २३ हजार २ सय विदेशी नेपाल आएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.