राष्ट्र बैंकको नयाँ व्यवस्थाः डीएपीमा आधारित आयातको सीमा ५० हजार डलरदेखि चाँदी आयातमा कडाईसम्म

  २०७८ मंसिर १३ गते २०:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे समिक्षामार्फत गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक मार्फत गरेका व्यवस्थाहरुलाई कार्यानवयन गर्नको लागि साेमबार निर्देशन जारी गरेको हो ।

नयाँ नीति अनुसार अब एक पटकमा ५० हजार अमेरिकी डलरको सामान आयात गर्न सकिनेछ । यसअघि डकुमेन्ट एगेन्स्ट पेमेन्टको माध्यम (डीएपी)बाट गरिने आयातलाई १ लाख डलरसम्मको सामान आयात गर्न पाइने व्यवस्था थियो । अहिले सो सीमालाई घटाए ५०  हजार डलरकाे सीमामा झारेकाे हो ।

यस्तै, राष्ट्र बैंकले चाँदी आयातमा कडाई गरेको छ । सुन चाँदी ब्यवसायीले आफ्नै लागि गरगहना बनाइ बिक्री गर्न, हस्तकला लागयतका सामान बनाइ बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सक्नेछन्। एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्न पाइने राष्ट्र बैंकले व्यवस्था गरेकाे हाे ।

राष्ट्र बैंकले गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरेको छ ।

अब गैर आवासिय नेपालीहरुको नाममा संयुक्त रुपमा खाता खोलेर निक्षेप राख्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले डेरिभेटिभ्स कारोबारमा ओपन अप्सन राख्न नपाइने व्यवस्था गरेको छ । यस्तो कारोबार प्राथमिक पुँजीको १५ प्रतिशत मात्र गर्न पाइने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.