लाभांश घोषणासँगै महालक्ष्मी विकासको सेयर मूल्य घट्यो, दुई हाईड्रोमा लाग्यो सर्किट

  २०७८ मंसिर १३ गते १५:३८     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ बिन्दुमा झरेको छ । जुन आइतबारको तुलनामा ०.८१ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिजो २३४ कम्पनीको सेयर किनबेच भएको थियो भने आज २२८ कम्पनीको सेयर किनबेच भएको छ ।

बजारमा महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ६१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले आज बिहान मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको थियो । ५ वर्षयताकै उच्च लाभांश घोषणा गरेको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता ६१९.४० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिन प्रतिकित्ता ६५२ रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो ५ वर्षयताकै उच्च लाभांश

दोहोरो अंकले घटेको बजारमा पनि दुई हाईड्रोको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । जसमा न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनी रहेका छन् । यी दुईको सेयर मूल्य क्रमशः ९.९९ र ९.८९ प्रतिशतले बढेर प्रतिकित्ता ३१०.५० र ३८१.४० रुपैयाँ पुगेको छ ।

सोमबार आईसीएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ९३.२० रुपैयाँले घटेर प्रतिकित्ता ८३८.८० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.