लाभांश वितरणमा कामना सेवा र महालक्ष्मीबीच प्रतिस्पर्धा, कुन विकास बैंकको कति ?

  २०७८ मंसिर १३ गते १२:५६     विकासन्युज

काठमाडौं । हालसम्म ७ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । विकास बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । साधारण सभाबाट पारित भएपश्चात बैंकहरुले उक्त लाभांश शेयरधनीहरूलाई वितरण गर्नेछन् ।

हालसम्म लाभांश घोषणा गर्नेमा ज्योति विकास, साँग्रिला विकास, मुक्तिनाथ, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी र लुम्बिनी विकास बैंक्ले ला भांश घोषणा गरेका हुन् ।

यी विकास बैंकहरुमध्ये कामना सेवा र सांग्रिलाको लाभांश साधारण सभाबाट पनि पारित भइसकेको छ । मुक्तिनाथ विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा कामना सेवा विकास बैंक लिमिटेडको असोज ७ गते, बिहीबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले पनि लाभांश वितरण गरिसकेको छ । बैंकको १७औँ वार्षिक साधारण सभाले पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको हो ।

यस्तै, मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको वार्षिक साधारणसभा मंसिर २५ गते बोलाइएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले पनि सेयरधनीलाई कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले कुल पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७१२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बैंकले पनि ११.५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकका शेयरधनीहरूलाई १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै, ज्योति विकास बैंकले १८.५ लाभांश घोषणा गरेको छ । ज्योति विकास बैंकले कुल चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद बोनस घोषणा गरेको हो । महालक्ष्मी विकास बैंकले पनि २१.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । महालक्ष्मीले चुक्ता पूँजीको २० प्रतिशत बोनस र १.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.