सेयर बजारमा प्यानिक सेल, एकैदिन ८० अंकले घट्यो नेप्से परिसूचक

  २०७८ मंसिर १२ गते १५:३५     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा प्यानिक सेल देखिएको छ । मौद्रिक नीतिको समिक्षा पछिको पहिलो दिनको कारोबारमा प्यानिक सेल देखिएको हो ।

गत शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामा सेयर धितोमा गरिएको ४/१२ को सीमाको व्यवस्थामा कुनै हेरफेर नभएपछि लगानीकर्ताहरु डराएको देखिन्छ । उनीहरुले घाटामै सेयर बेच्न थालेपछि बजारमा प्यानिस सेल देखिएको हो । उक्त प्यानिक सेलको कारण बजारमा परिसूचक घट्यो र सेयर कारोबार बढ्न पुगेको छ ।

यससँगै सेयर मूल्य मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा २.९४ प्रतिशतले बढी हो ।

त्यस्तै, बजारमा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा २ अर्ब ५ करोड रुपैयाँले बढी हो । गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको एकैदिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५३८.०३ अंकले घटेको छ ।

उच्च अंकले घटेको बजारमा पनि आईसीएफसी फाइनान्सको सेयर सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको सेयर मूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ ।

सबैभन्दा गुमाउनेमा हिमालयन पावर पार्टनर रहेको छ । संस्थाको सेयर मूल्य ८.४९ प्रतिशतले घटेर प्रतिकित्ता ४४३ रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.