राष्ट्र बैंककाे नीतिले तरलता व्यवस्थापनमा सहज हुने परिसंघको बुझाई

  २०७८ मंसिर १० गते १६:४६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतको समीक्षा मार्फत भएको केही वयवस्थले तरलता व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्र बैंकले मौद्रिक नीतिका समीक्षामार्फत भएका केही नीतिगत व्यवस्थाले आलको तरलताको संकटलाई व्यवस्थापन गर्न टेवा पुग्ने धारणा राखेको हो ।

समीक्षामा उल्लेख व्यवस्थाहरुले आर्थिक क्षेत्रमा कोभिड–१९ को असर कमहुँदै गएकोले आर्थिक क्रियाकलापहरू विस्तार हुँदै जाने र विदेशीपर्यटकको आगमन बढ्न गई आर्थिक पुनरोत्थानमा सहयोग हुने अपेक्षा गरेको उल्लेख छ ।

मौद्रिकनीतिको समीक्षामार्फत चालु आर्थिक वर्षबाट लागू गरिएको कर्जा–निक्षेप अनुपातको प्रावधानलाई ९० प्रतिशत नै कायमगर्दै त्यसको कार्यान्वयनको खाका निर्माण गर्न बैंक तथावित्तीय संस्थाहरूलाई भनिएको छ । बैंक तथा वित्तीय संस्थाले आगामी असार मसान्तभित्रमाकर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्य योजना तयार गरी सञ्चालक समितिबाट पास गारई राष्ट्र बैंकसमक्षपुझाउनुपर्नेछ ।

यो व्यवस्थाले लक्षित अनुपात कायम गरे हुने गरी लचकता अपनाएको परिसंघको बुझाई छ । यसले बैंकहरूलाई तरलता व्यवस्थापनमा केहि राहत हुने पनि परिसंघको धारणा छ ।

यस्तै, समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिनचाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारीगर्न सक्ने व्यवस्था मिलाउने उल्लेख छ । यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाई छ ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने विषय पनि समीक्षामा समेटिएको छ । साथै गैर आवासीय नेपालीहरूलाई विदेशीमुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसक्दा वैदेशिक मुद्राको संचितिमा चाप परेको जनाउँदै विभिन्न वस्तुहरुको आयातमा कडाई गर्ने संकेत देखाएको छ । परिसंघले यस विषयलाई सम्बोधन गर्न औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्थागर्न आग्रहगर्दै आएको छ ।

राष्ट्र बैंकले समिक्षामार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ । औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरू भारतबाट विदेशी मुद्रामा आयात खुल्ला गर्न परिसंघले आवाज उठाउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.