अस्पताल निर्माण गर्न बैंकहरुले आधारदरमा २ प्रतिशत प्रिमियम लिएर २० करोड ऋण दिनुपर्ने

  २०७८ मंसिर १० गते १०:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० बेडको अस्पताल निर्माण गर्न बैंकहरुले आधारदरमा २० करोड ऋण दिनु पर्ने व्यवस्था गरेको छ । आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थामा भनिएको छ,‘अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी रु. २० करोडसम्म कर्जा प्रवाह गर्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.