कालिका लघुवित्तले १३ प्रतिशत बोनस सेयर दिने

  २०७८ मंसिर ९ गते ११:१४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ छ । १३ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ३१ करोड २७ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.