ज्योति विकास बैंकले बढायो लाभांशदर, गत ९ वर्ष यताकै उच्च

  २०७८ मंसिर ९ गते १०:३३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित १५.५ प्रतिशत गत ९ वर्ष यताकै उच्च हो । लाभांश इतिहास हेर्दा बैंकले आर्थिक वर्ष २०६९/२०७० देखि आर्थिक वर्ष २०७६/७७ सम्मको नाफाबाट न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १२.७५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट भने सेयरधनीलाई लाभांश वितरण गरेको देखिदैन ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ छ । ११ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी बढेर ४ अर्ब २६ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.