फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनको नयाँ कार्यसमिति चयन, घिमिरे बने अध्यक्ष

  २०७८ मंसिर ३ गते १७:५७     विकासन्युज

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । मंसिर ३ गते सम्पन्न संस्थाको २० औं वार्षिक साधारणसभाले १० जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नानिराज घिमिरे चयन भएका छन् । उनले ६९ मत पाएका छन् । उनका प्रतिस्पर्धी रामकृष्ण प्रसाईले ५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, समितिको महासचिवमा ज्ञानेन्द्र प्रसाद दाहल विजयी भएका छन् । उनले ८१ वटा मत प्राप्त गरेको छ । उनका प्रतिस्पर्धी ऋषिराज घिमिरेले ४० मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा ८ जना निर्वाचित भएका छन् । जसमा राजन गौतम, अशोक कुमार श्रेष्ठ, निर्मल भट्टराई, अनुप मानन्धर, केशर बहादुर प्रधान, त्रिलोक श्रेष्ठ, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.