श्रममन्त्री भन्छन्ः प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमाजर्न गछौँ

  २०७८ मंसिर ३ गते १६:२७     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् ।

शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन ।

‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहिको दायरामा ल्याउने भन्दै मन्त्री श्रेष्ठले श्रमीकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥याउनका लागि पहल गर्ने बताए । सरकारले श्रमीकहरुको हकहीतमा केन्द्रित रहेर केहि विशेष निर्णय गर्न लागेको उनको भनाई थियो ।

उनले आफ्नो पहिलो प्राथमिकता श्रमीकहरुको हकहीत हुने बताउँदै श्रमीकहरुको हकहीत खोस्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने दाबी गरे । ठगिएका श्रमीकहरुको कुरा नसुनी कुनै मुद्धा नछिन्ने बताउँदै उनले जतिसुकै दबाव आए पनि श्रमीकको सुरक्षा र हकहीतमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाही गर्न मन्त्रालय कटिवद्ध रहेको जानकारी गराए ।

यस्तै, मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमीकलाई सचेत गराउने बताए । उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदाहरुले न्यूनतम पारिश्रमीक पाउने व्यवस्थाका लागि समेत पहल गरिरहेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.