५ अर्बको लगानीमा गोल्यान समूहले खोल्यो पाँच तारे होटल, यस्ता छन् विशेषता

  २०७८ कार्तिक २७ गते २०:०३     विकासन्युज

काठमाडौं । काठमाडौंको काठमाडौंको सोल्टीमोडस्थित ताहचलमा हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो ।

गोल्यान समूहका अनुसार होटल अन्तर्राष्ट्रियस्तरकै रहेको छ । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो ।

१४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् । यसको अतिरिक्त होटल गार्डेन, जिम हल, स्विमिङ पुल लगायतका सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

होटलको सम्पूर्ण तयारी पुरा भइसके पनि आगामी कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिनदेखि मात्रै होटल औपचारिक रुपमा सञ्चालनमा आउनेछ । होटलमा गोल्यान समूहसँगै कमलेश अग्रवाल लगायतको पनि लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.