कामना सेवा बैंकद्वारा खगेन्द्र नवजीवन गृहमा औषधी तथा ह्वीलचेयर वितरण

  २०७८ कार्तिक २६ गते १८:२३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ ।

बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामीदिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.