हिमालयन बैंकले सुरु गर्यो नेपालपे क्यू आर सुविधा

  २०७८ कार्तिक २६ गते १४:२६     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर संचालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको जनाएको छ ।

ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ ।

नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपालपे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.