ग्याँस र डिजेलको मूल्य हालसम्मकै उच्च, यस्तो छ विगत १० वर्षको मूल्य

  २०७८ कार्तिक २५ गते २२:२५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले ग्याँस र डिजेलमा मूल्यवृद्धि गरेर नयाँ रेडर्क राखेको छ । विगत १० वर्षको तथ्यांक हेर्दा निगमले ग्यास र डिजेलमा उच्च मूल्यवृद्धि गरेको हो ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको थियो भनेन खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ वृृद्धि गरेको थियो ।

जस अनुसार पेट्रोल प्रतिलिटर १३६ , डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५७५ पुगेको छ । यसै गरी आन्तरिक हवाई इन्धनको नयाँ मूल्य १०१ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।

ग्यासको १५७५ र डिजेलको ११९ रुपैयाँ मूल्यि हालसम्मकै उच्च हो । निगमका अनुसार आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने ग्याँसको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेको हो ।

अघिल्लो वर्ष ४० अमेरिकी डलर प्रतिब्यारेल रहेको अन्तर्राष्ट्रिय बजारमा अहिले ८० डलरमाथि पुगेको छ। नेपालमा पनि यसको प्रभाव पर्ने निश्चित छ।

पेट्रोलियम पदार्थामा अहिले अत्याधिक कर रहेको छ । नेपाल सरकारले पछिल्लो समय विद्युत खपत बढाउनका लागि इन्धनको मूल्यमा कर बढाइरहेको छ। अहिले सरकाारले पेट्रोलियम पदार्थमा प्रतिलिटर कर मात्रै ६० रुपैयाँको हाराहारीमा रहेको छ।

यस्तो छ विगत १० वर्षको मूल्यसूचीः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.