टिकटक स्टार रियालिटी शो हुने, विजेताले कार पाउने

  २०७८ कार्तिक २५ गते १५:१९     विकासन्युज

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो ।

प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरी शर्माले बताए ।

शिखर नेपाल प्रा.लिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ। यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.