प्रदेश १ को कृषि उद्यमलाई प्रवर्द्धन गर्न नबिल बैंक र सहजबीच सम्झौता

  २०७८ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । नबिल बैंक र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र द्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण बृद्धि गरी कृषि उद्यम प्रवद्र्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने सम्झौता गरिएको जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकतामा राख्दै आएको बताएका थिए । उनले कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताए ।

त्यस्तै, स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै प्रदेश १ मा कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।

सो सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने अपेक्षा गरेको छ । यस्तैगरी, बैंकको दिर्घकालीन लक्ष्य “समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा” प्राप्तिलाई सहज सँगको साझेदारीले थप उचाईमा पुर्याउनेमा विश्वास रहेको जनाएको छ ।

बैंकले देशभर १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्ट र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.