प्राइम कमर्शिलय बैंकले १६ प्रतिशत बोनस सेयर दिने, अघिल्ला वर्षको लाभांश कर क्लियर गरिने

  २०७८ कार्तिक २३ गते १०:१६     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.