यी हुन् ऋणीलाई कर्जा दिनै नसक्ने अवस्थामा पुगेका बैंक, सीसीडी सीमाभन्दा बढी

  २०७८ कार्तिक १८ गते १३:३७     विकासन्युज

काठमाडौं । ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५.३७ प्रतिशत पुगेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको भन्दा ५.३७ प्रतिशतले बढी देखिएको हो ।

यस्तै, कर्जा लगानी नगर्न सक्ने अवस्थामा नेपाल एसविआई बैंक पनि देखिएको छ । नेपाल एसविआई बैंकको सीडी रेसियो ९५।०८ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको सीमा उल्लंघन गर्ने बैंकहरुमा हिमालयन बैंक (९३.५४) कुमारी बैंक (९२.१३) एनएमबी बैंक (९१.२७),मेगा बैंक (९१.२१), बैंक अफ काठमाण्डू (९०.४८) र प्राइम कमर्सियल बैंक ९९०।२५० रहेका छन् ।

यी बैंकहरु थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९.९६ प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप ९सीडी० रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो ।

अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो । तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताकमो पनि समस्या देखिएको छ ।
राष्ट्र बैंकले ८५ प्रतिशतसम्मको सीमा रहेको सीसीडी रेसियो खारेज गरेर ९० प्रतिशतसम्मको सीमा हुने गरी सीडी रेसियो गणना सुरु गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.