यी हुन् तिहार भित्रै सेयरधनीलाई लाभांश दिने ७ बैंक वित्तीय संस्था, कुनले कति दियो ?

  २०७८ कार्तिक १७ गते ११:०१     विकासन्युज

काठमाडौं । यो वर्षको दशैंमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका सेयरधनीले लाभांश पाएनन् । अघिल्ला वर्षहरुमा दशैं तथा तिहारको समयमा अधिकांश बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरुले लाभांश पाउने गरेको भएपनि यो वर्ष भने कुनैले पनि दिन सकेनन् । दशैंको समयमा ससेयरधनीलाई लाभांश दिन नसके पनि तिहारमा भने केही बैंक तथा वित्तीय संस्थाहरुले सेयरधनीलाई लाभांश दिने तयारी गरेका हुन् ।

कतिपय बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गरेर पनि लाभांश पारित गरिसकेका छन् भने कतिले साधारणसभा गरेर सेयरधनीलाई लाभांश लिने तयारी गरिरहेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नका लागि हालसम्म वाणिज्य बैंकहरुमा सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र कुमारी बैंकले साधारणसभा गरिसेकका छन् ।

सानिमा बैंकले कात्तिक १४ गते, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले हिजो अर्थात कात्तिक १६ गते साधारणसभा आयोजना गरेर लाभांश वितरण गर्ने प्रक्रियामा गइसकेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सानिमा बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कात्तिक १४ गते बैंकको १७ औं साधारणसभाले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने संचालक समितको प्रस्ताव स्वीकृत गरेको हो ।

कुमारी बैंक पनि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रक्रिया अगाडि बढेको हो । कुमारी बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साँग्रिला विकास बैंकले पनि साधारणसभा गरिसकेको छ । बैंकको हिजो अर्थात कार्तिक १६ गते वार्षिक साधारणसभा भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै, साधना, डिप्रोक्स, अभियान लघुवित्तले पनि साधारणसभा गरिसकेका छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले तिहार भित्रै सेयरधनीलाई लाभांश वितरण गरिसक्नेछन् ।

यस्तै, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंकले पनि साधारणसभाको आव्हान गरिसकेका छन् । माछापुच्छ्रे बैंकले कात्तिक २६ गते साधारणसभा बोलाएको छ । नेपाल बैगलादेशले पनि मंसिर २ गतेका लागि साधारणसभा डाकेको छ । बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ ।

यस्तै, विकास बैंकहरुमा कामना सेवा विकास बैंक र साँग्रिला विकास बैंकले पनि साधारणसभाको आव्हान गरिसकेको छ । बैंकले कात्तिक २३ गते साधारणसभा बोलाएको छ । बैंक्ले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.