बैंक वित्तीय संस्थाको ५७ प्रतिशत कर्जा लगानी बागमतीमै, वाणिज्य बैंक शाखा विस्तारमै व्यस्त

  २०७८ कार्तिक १५ गते १७:०५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट हुने कुल कर्जा लगानीको ५६.६ प्रतिशत कर्जा बागमती प्रदेशमै लगानी हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको एक अध्ययन प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थानहरुबाट प्रवाह हुने कर्जा लगानीको ५६.६ प्रतिशत लगानी बागमती प्रदेशमा मात्रै जाने गरेको देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ प्रतिवेदनमा उल्लेख छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवैन्यून रहेको देखिएको छ ।

अध्ययन प्रतिवेदनमा मा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ ।

सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बागमतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने प्रतिवेदनान उल्लेख छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैर-बैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यस अध्धयन प्रतिवेदनका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.