कर्जा लगानी व्यवस्थित गर्न आवश्यक छः भुवन दाहाल

  २०७८ कार्तिक १५ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जा प्रवाह अत्याधिक भएकोले अब सोच्नु पर्ने बेला आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक कार्यक्रममा बोल्दै उनले कर्जा लगानी अत्याधिक भएकोले यसलाई व्यवस्थित गर्न आवश्यक भएको बताएका हुन् ।

उनले चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ४७ अर्ब कर्जा प्रवाह भएको र निक्षेप ७० अर्ब रुपैयाँ मात्रै भएको बताउँदै यसलाई व्यवस्थित बनाउनु पर्ने धारणा राखे ।

चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा निक्षेप संकलमा कमी हुँदै गएकाले बैंकिङ क्षेत्रमा तरलता अभाव भएको पनि दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.