अर्थतन्त्र तीव्र ‘रिभाइव’ हुँदा तरलता अभाव देखियोः गभर्नर

  २०७८ कार्तिक १५ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र तीव्र गतिमा पुनरुत्थान हुँदा तरलताको अभाव देखिएको धारणा राखेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि भएको पुनरुत्थानको तीव्र गतिका कारण तरलताको अभाव देखिएको बताएका हुन् ।

‘कोरोना महामारीको बीचमा धेरै व्यापार व्यवसाय बन्द अवस्थामा थिए, त्यसबिचमा हामीले धेरै राहात थता सहुलियतको व्यवस्था पनि गर्यौं, यति चाँडै यो गतिले अर्थतन्त्र पुनरुत्थान होला भन्ने हामीले सोचेका थिएनौं, तर, विभिन्न राहात तथा सहुलियतका कार्यक्रमले तीव्र गतिमा व्यापार वयवसाय सञ्चालनमा आए, परिणामस्वरुप अर्थतन्त्र तीव्र गतिमा अगाडि बढ्यो, यसले पनि तरलतामा अभाव देखियो,’ उनले भने ।

यसले समग्र अर्थतन्त्रमा नै तरंग ल्याएको उनको भनाई छ । तर, अहिले तरलताको अभाव देखिए पनि कर्जा नै नपाइने होकि भन्ने चिन्ता भने नरहेको उनको धारणा छ ।

‘अब कर्जा नै नपाइने हो कि भन्ने चिन्ता भने गर्नु पर्दैन, पहिले बैंकहरुले नै अफर गर्थे होला, कर्जा छिटो पाइन्थ्यो होला, अब पाइन्छ तर ढिलो पाइएला, राजनीतिक परिवर्तनका कारणले पनि तरलतामा समस्या देखियो,’ उनले भने ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । निक्षेप भने १ खर्ब पनि नपुगेको उनले बताए ।

गत आवको यो अवधिमा कर्जा प्रवाह निकै कम थियो तर चालु आवमा कर्जा प्रवाह निकै बढेकाले तरलता अभाव भएको उनको भनाई छ ।
यस्तै, उनले सीडी रेसियोको व्यवस्थाको कारण तरलतामा अभाव नभएको स्पष्ट पारे ।

‘सिसिडीकै नीति राखेको भए पनि कर्जा ५ खर्ब पुग्ने थियो, सीसीडी विश्व बैंकिङ क्षेत्रले पनि छोडि सक्यो, सबै ठाउँमा सीडी रेसियोको व्यवस्था छ, हामीले पनि अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गरेका हौं, सीडी रेसियोकै कारण तरलता अभाव भएको भन्ने विषय गलत हो, उल्टै यो वयवस्थाले ारण बैकिङ प्रणाली बलियो बनेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.