सनराइज बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

  २०७८ कार्तिक १५ गते १४:१३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ४ करोड ७८ लाख रुपैयाँले बढी हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३८ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि बढेर ५८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी पनिे बढेर ९२ करोड ३२ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी बैंकको वितरणयोग्य नाफा ६ करोड ७१ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.१६ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५९.६९ रुपैयाँ र पीई रेसियो २६.०३ गुणा रहेको छ ।

हाल बैंकका चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोषको रकम बढेर ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै, बैंकको सीडी रेसियो बढेर ८४.६५ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा घटेर १.१३ प्रतिशतमा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.