नेपाल बैंकले ८६ प्रतिशतले बढायो नाफा, अधिकांश सूचकमा देखियो सुधार

  २०७८ कार्तिक १५ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड २९ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । जुन गत वर्षको तुलनामा करिब ८६ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड ५ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ८६.३५ प्रतिशतले बढेर ५३ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी ४१.२५ प्रतिशतले बढेर ८४ करोड ५४ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी बैंकको वितरणयोग्य नाफा बढेर ९४ करोड १ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.७६ प्रतिशतले बढेर १५.७१ रुपैयाँ पुगेको छ । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा ८.९५ प्रतिशतले बढी हो ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ र पीई रेसियो भने घटेर क्रमशः १६६.५६ रुपैयाँ र २२.२७ गुणामा सीमित भएको छ ।

हाल बैंकका चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोषको रकम ३४९.४५ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्ममा एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत वर्षको तुलनामा क्रमशः २.३७ र ८.५२ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको सीडी रेसियो र निष्क्रिय कर्जा भने स्थिर रहेको छ । गत वर्ष क्रमशः ७८.७ प्रतिशत र ०.२५ प्रतिशत रहेको बैंकको सीडी रेसियो र निष्क्रिय कर्जा यो वर्ष पनि सोही रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.