सिटिजन्स बैंकले बढायो नाफा, यस्ता छन् अन्य सूचक

  २०७८ कार्तिक १५ गते १२:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो । बैंकले गत वर्षको सोही अवधिमा ५१ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकसँग २२ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । त्यस्तै, नाफामा सुधार गरेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर २२.६९ रुपैयाँबाट २१.८६ रुपैयाँमा झरेको छ ।

बैंकले १ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कुल १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खुद व्याज आम्दानी बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन गत वर्ष ८३ करोड ९१ लाख रुपैयाँ मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.