एभरेष्ट बैंकको नाफा ५७ करोड, कति पुग्यो इपीएस ?

  २०७८ कार्तिक १५ गते ११:२३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बृद्धि गरेको हो ।

बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्ट बैंकले ३३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी (इपीएस) २६.०४ रुपैयाँ पुगेको छ भने पीई रेसियो २७.४२ र प्रतिसेयर नेटवर्थ २३४.७३ रुपैयाँ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको व्यवसायका आधारमा २ अर्ब ९४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्न मिल्ने खुद नाफा गरेको जानकारी दिएको छ ।

बैंकको खुद व्याज आम्दानी बढेको छ । गत असोज मसान्तसम्ममा एभरेष्ट बैंकले १ अर्ब ९ करोड १९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकमा सर्वसाधारणको १ खर्ब ६३ अर्ब ९४ करोड ९४ करोड १७ लाख रुपैयाँ निक्षेप छ भने सर्वसाधारणलाई १ खर्ब ३५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले जानकारी दिएको छ । एभरेष्ट बैंकसँग रिजर्भमा ८ अर्ब ६२ करोड ९४ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.