बढ्दै फोरजीका प्रयोगकर्ता, एक महिनामै थपिए साढे ११ लाख

  २०७८ कार्तिक १४ गते १६:२२     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा फोरजीका प्रयोगकर्ताहरु बढ्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौैं महिनाकोे तथ्यांक अनुसार नेपालमा फोजरीका प्रयोगकर्ता एक करोड २१ लाख पुगेको छ ।

गत साउन महिनाको तुलनामा भदौं महिनामा ११ लाख ३६ हजार फोरजीका प्रयोगकर्ता थपिएका छन् ।

नेपालमा सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् ।

नेपाल टेलिकममा एक महिनामा नौ लाख २७ हजार ६८६ ग्राहक थपिएका छन् । भदौं मसान्तसम्म टेलिकमको फोरजी ग्राहक संख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ । साउनमा टेलिकमसँग ५३ लाख ४० हजार ३५३ फोरजी ग्राहक थिए ।

यस्तै, एनसेलले भदौमा २१ लाख ४३ हजार ९४ फोरजी ग्राहक थपिएका छन् । भदौं मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ५७ लाख २५ हजार ७८० पुगेका छन् । गत साउनमा एनसेलको फोरजी प्रयोगकर्ता ५५ लाख ११ हजार ३८६ थिए ।

प्राधिकरणको तथ्यांक अनुसार भदौमा टेलिकमको फोरजी ग्राहक संख्या एनसेलको भन्दा पाँच लाख ४२ हजार बढेको छ ।

नेपाल टेलिकम र एनसेलमा फोरजीका प्रयोगकर्ता थपिएपनि स्मार्ट टेलिकमका प्रयोगकर्ता घटेका छन् । गत साउनसम्म एक लाख ८२ हजार ६१५ प्रयोगकर्ता रहेकोमा भदौ महिनामा घटेर १ लाख ७६ हजार ६८६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.