साहस उर्जा र तेह्रथुम पावरको आईपीओ सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने

  २०७८ कार्तिक ११ गते १४:२४     विकासन्युज

काठमाडौं । साहस उर्जा र तेह्रथुम पावर कम्पनीको सेयर एकैदिन सूचीकृत भएको छ । दुबैले साधारण सेयर सूचीकरण गर्ने सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कार्त्तिक ११ गते नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

जसमध्ये साहस उर्जाको कूल ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको कूल ४० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै, दुबै कम्पनीको सेयर कार्त्तिक १४ गते आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । यससँगै, दुबै कम्पनीको सेयर कार्त्तिक १४ गते आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले दुबै कम्पनीको रेञ्ज तोकिदिएको छ । जसमध्ये साहस उर्जाको पहिलो कारोबार न्यूनतम १३५.११ र अधिकतम ४०५.३३ रुपैयाँसम्ममा गर्न पाइने छ । दोश्रो बजारमा कारोबारको लागि नेप्सेले साहस उर्जाको स्टक सिम्बोल ‘एसएएचएएस’ तोकिदिएको छ ।

त्यस्तै, तेह्रथुम पावरको ओपनिङ्ग रेञ्ज न्यूनतम ८४.७४ रुपैयाँ र अधिकतम २५४.२२ रुपैयाँ तोकिएको छ । यससँगै लगानीकर्ताले उक्त रेञ्ज भित्र रहेर कम्पनीको स्टक सिम्बोल ‘टीपीसी’बाट पहिलो कारोबार गर्न पाउने छन् ।

तेह्रथुम पावरको सेयर सूचीकरण सम्बन्धी सम्झौता पत्रमा तेह्थुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल स्टक एक्स्चेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार तेह्थुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भइ कारोबार योग्य भएको छ ।

कम्पनीले सर्वसाधारणको लागी २०७८ भदौ ९ गते देखी १३ गतेसम्म सर्वसाधारणको लागी सेयर जारी गरेको थियो । उक्त कम्पनीको सेयर रजिष्ट्रारको रुपमा कम्पनीले नेपाल बंगलादेश क्यापिटल रहेको छ । नेपाल बंगलादेश क्यापिटलले तेह्थुम पावर कम्पनीको सेयरहरु धितोपत्र बजार मार्फत खरिद विक्री, विनिमय, दाखील खारेज नामसारी रोक्का फुकुवा लगायत सेयर रजिष्ट्रेसन सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त नेपाल बंगलादेश क्यापिटलले सेयर रजिष्ट्रार लगायत सेयर प्रत्याभूति, संस्थागत परामर्स सेवा, लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्धक तथा डिम्याट सम्बन्धी सम्पूर्ण सेवा दिने गरेको छ । यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने यो नेपाल बंगलादेश बैकको शतप्रतिशत लगानी स्थापित भएको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.