सिद्धार्थ बैंकले घोषणा गर्यो स्थिर लाभांश

  २०७८ कार्तिक ८ गते ११:०२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले स्थिर लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत लाभांश घोषणा गरेको बैंकले गत आर्थिक वर्षको पनि कूल १५ प्रतिशत नै लाभांश घोषणा गरेको छ ।

कार्त्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको तुलनामा बोनस र नगदमा तलमाथि गरी कूल लाभांशदर भने बराबर प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा बोनसदर बढी हो भने नगद लाभांश दर घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.