लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मोलरी

  २०७८ कार्तिक ३ गते १७:२३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो ।

यससँगै नवनियुक्त सञ्चालक मोलरीले असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी ४ वर्षसम्म कम्पनीको स्वतन्त्र सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि उक्त पदमा भी के कुकरेजा रहेका थिए । उनको पदावधि सकिएसँगै भारतीय जीवन बीमा निगमले मोलरीलाई मनोनित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.