इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, बढायो बोनसदर

  २०७८ कार्तिक ३ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रस्तावित १६ प्रतिशत लाभांशलाई परिमार्जन गरेको हो ।

बैंकको निर्देशन बमोजिम कम्पनीले कूल लाभांश १६ प्रतिशत नै हुने गरी बोनस र नगदमा परिमार्जन गरेको हो । यससँगै बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कार्त्तिक २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निणर्य गरेको हो । यसअघि बैंकले चुक्ता पुँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ को नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

परिमार्जित प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १२.६११ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब २९ करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.