खुसिबुमा पनि ग्लोबल आइएमई बैंक, २८१ शाखाबाट २६ लाखलाई सेवा

  २०७८ कार्तिक १ गते १८:४६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडांै जिल्ला खुसिबुमा कार्तिक १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

यसैगरि बैंकले सोमबारबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको बैंकले जनाएको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.