रिलायन्स लाइफले ल्यायो रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना

  २०७८ कार्तिक १ गते १२:०१     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ ।

उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्न कम्पनीको भनाई छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने जानकारी कम्पनीले दिएको छ ।

१५ वर्षको बीमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ । यस योजनामा कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ । यो योजना संगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.