ग्लोबल आइएमई क्यापिटलमा २५०० धरौटी राख्दा आजिवन विशेष सुविधा

  २०७८ असोज २५ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दशैं र तिहारलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापिटल मार्फत डिम्याट र मेरो सेयर खाता खोलेका ग्राहकको लागि आकर्षक सेवा ल्याएको छ ।

कम्पनीले सो ग्राहकलाई २५०० धरौटीमा डिम्याट र मेरो सेयर नविकरण गर्दा आजिवन विशेष सुविधा तथा नयाँ खाता खोल्नेलाई डिम्याट र मेरो सेयर निशुल्क खोल्ने सुविधा दिनेछ ।

उक्त धरौटी रकम ५ वर्षपछि फिर्ता पांइनेछ भने मंसिरमसान्तसम्म यो योजनामा आवद्ध भए पिएमएस सेवामा ५० प्रतिशत छुट पाइनेछ । यसका साथै एक वर्षसम्म नेप्सेको सेक्टोरियल टेक्निकल एन्यलाइसिस रिपोर्ट नि:शुल्क, ५ लाखको दुर्घट्ना बीमा र परिवारको एक सदस्या आवद्ध भए अन्य १ हजारमा आवद्ध हुनसक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.