नेरुडे लघुवित्तका सेयरधनीलाई २२ प्रतिशत बढी लाभांश

  २०७८ असोज २५ गते १०:४१     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २२ प्रतिशत बढी लाभांश दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २२.६१८५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, असोज २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले २१.४८७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१३०९ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले कूल २२.६१८५ प्रतिशत लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.