७४ हजार ४०० जनाले पाए बुद्धभूमी नेपालको आईपीओ

  २०७८ असोज २२ गते ११:४६     विकासन्युज

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले असोज २२ गते बिहान १०:३० बजे आफ्नो कार्यालयमा बाँडफाँड गरेको हो ।

आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । यसअनुसार रितपूर्वक आवदेन दिने ७४ हजार ४०० जना आवेदकले कम्पनीको १०/१० कित्ता सेयर हात पारेका छन् । र, बाँकी आवेदकको भने हात खाली भएकाे छ ।

उक्त आईपीओमा कूल २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये २० लाख १४ हजार ९२२ जनाले दिएको २ करोड ४२ लाख एक हजार ९३० कित्ता आवेदन रितपूर्वक रहेका छन् भने १६ हजार ३३ जनाले माग गरेको एक लाख ९८ हजार ४४० कित्ता सेयर भने रद्ध भएको छ ।

यससँगै ७४ हजार ४०० जना आवेदकलाई गोलाप्रथा विधिमार्फत १०/१० कित्ताको दरले ७ लाख ४४ हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारण निष्काशन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.