बुद्धभूमीको आईपीओ बाँडफाँड आज हुँदै, कति बजे ?

  २०७८ असोज २२ गते ७:३०     विकासन्युज

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज (असोज २२ गते) बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान १०ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुन लागेको हो ।

गत बुधबार प्रिअलोेटमेन्ट सकेको क्यापिटलले शुक्रबार बाँडफाँट गर्न लागेको हो । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म कूल ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारण निष्काशन गरिएको थियो ।

चार दिन निष्काशन भएको उक्त आईपीओमा अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणलाई माग गरेको तुलनामा ३५.६६ गुणा बढी हो । त्यस्तै, मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गर्नेछ । जसअनुसार रितपूर्वक आवेदक दिनेमध्ये ७४ हजार ४०० जनाले मात्रै १० कित्ता सेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.