रिडी हाइड्रोले तोक्यो बुक क्लोजको मिति

  २०७८ असोज २० गते १६:२९     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आगामी कार्त्तिक २ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।

हाइड्रोको २० औं वार्षिक साधारणसभा कार्त्तिक १२ गते बस्दै छ । सभाले सेयरधनीलाई १२.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ ।

असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२.६ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यससँगै कार्त्तिक १ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

सम्बन्धित समाचार

रिडी हाइड्रोले १२.६ प्रतिशत लाभांश दिने, डाक्यो साधारणसभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.