सुरु भयाे बजाज एक्सचेन्ज महा मेला, कुनै पनि माेटरसाइकल साट्न पाइने

  २०७८ असोज १९ गते १८:४९     विकासन्युज

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेटले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ ।

असोज १७ गते देखि सुरु भएकाे यो अफरं असोज २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा लागु हुने कम्पनीले जनाएकाे छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक ल्याएर नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरि दिइने कम्पनीले जनाएकाे छ ।

यसका बाहेक मेलामा बजाजले ५० प्रतिशत डाउन पेमेन्ट मा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरिरहेकाे छ । यसका साथै यस अवसरमा एक जनाले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज पाउनेछ ।

यस मेगा इभेन्टमा एक्सचेन्जकाे साथै असोज १९ गते गायक प्रकाश सपुत, २१ गते गायक प्रमोद खरेल र २३ गते दिन गायक शिव परियारका सांगितिक प्रस्तुती रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.