सात महिनामै बिक्री भयाे निसानकाे १ हजार बढी गाडी

  २०७८ असोज १९ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले भित्रिएकाे केही महिनामै यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ ।

यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ । यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यसकाे ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको कम्पनीले जनाएकाे थियो ।

यो पायोनियर मोटोकर्पका लागि एक कोशेढुंगा साबित भएको कम्पनीले जनाएकाे छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.