नर्भिकमा यो शनिबार मूत्र र श्वासप्रश्वास रोगको फ्रि ओपिडी हुने

  २०७८ असोज १९ गते १३:०२     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले आउने शनिबार निःशुल्क ओपिडी संचालन गर्ने भएको हो ।

उक्त निःशुल्क ओपिडीमा यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई सेवा संचालन गरिने अस्पतालले जनाएको छ । सो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मुत्र तथा मुत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा। अच्युतभक्त आचार्यले निःशुल्क ओपिडी संचालन गर्नेछन् । छाती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा। आचार्यको ओपिडी क्लिनिकमा सहभागी भएर सेवा लिन सक्नेछन् ।

नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी९सीएसआर० अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.